यस होटल व्यवसायी महासँघ देशैभरि छरिएर रहेका सामान्य देखि तारे होटलहरुको छाता सँगठनकोरुपमा कार्य गर्दै आइरहेको एक गैह्र-नाफामुलक राष्ट्रियस्तरको गैह्र-सरकारी सँस्था हो । बि.सँ.२०६८ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बिधिवत दर्ता भएर आफ्नो बैधानिकता दिई होटल व्यवसायी र पर्यटनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सँचालन गर्दै आइरहेको छ । सँघीय गणतन्त्र नेपालको ७७ वटा जिल्लामा रहेका करिब ८० हजार होटल व्यवसायीहरुको छाता सँगठन यो होटल व्यवसायी महासँघ नेपालको सँघीय सरकार, प्रदेश सरकार…
